You are viewing the translated version of इजाजतपत्रको खारेजी.

Section 17
इजाजतपत्रको खारेजी
(१) नियमनकारी निकायले देहायको अवस्थामा इजाजतपत्र खारेज गर्नेछः-
(क) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमावली वा निर्देशिकाको विपरीत काम गरेमा,
(ख) निलम्बनको अवधिभित्र आवश्यक सुधार नगरेमा, इजाजतपत्रमा तोकिएका शर्तहरुको उल्लङ्घन गरेमा वा त्यस्ता शर्तहरु पूरा नगरेमा,
(ग) तोकिएको अवधिमा इजाजतपत्र नवीकरण नगराएमा,
(घ) इजाजतपत्रमा तोकिए बमोजिमको अवधिभित्र क्रियाकलाप वा अभ्यास शुरु नगरेमा वा गर्न नसकेमा, वा
(ङ) इजाजतपत्र परित्याग गरेमा ।
(२) उपदफा (१) को खण्ड (ग),
(घ) र (ङ) को अवस्थामा बाहेक अन्य अवस्थामा इजाजतपत्र खारेज गर्नु अघि नियमनकारी निकायले सम्बन्धित इजाजतपत्रवालालाई आफ्नो सफाई पेश गर्ने मनासिब समय दिनु पर्नेछ।